KAVYA SCHOOL | काव्य स्कुल

शुक्रबारे गतिविधि

भाद्र सङ्क्रान्ति २०८०
‘बालमैत्री वातावरण काव्य स्कुलको प्राङ्गण’

आज शुक्रबार काव्य स्कुलका बालबालिकाहरूले शैक्षणिक कार्यकलापअन्तर्गत विविध कार्यक्रमहरू गरेर रमाए । कोही विद्यालयको प्राङ्गणमा विभिन्न खेलकुद खेलेर रमाए भने कोही विद्यालयबाहिर निस्किएर ज्ञान र मनोरञ्जन प्राप्त गरे । विद्यालयभन्दा बाहिर निस्किएर ज्ञान र मनोरञ्जन प्राप्त गर्ने सिलसिलामा कक्षा ९ का  विद्यार्थीहरू समुदाय–प्रहरी साझेदारीअन्तर्गत शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि प्रहरीसँग एक दिने कार्यक्रममा सहभागी भए । विद्यार्थीहरूले नेपाल प्रहरीद्वारा सञ्चालित केनाइन कार्यालय महाराजगञ्ज काठमाडौँमा गएर कस्ता कुकुरलाई कुन अपराध अनुसन्धानमा कसरी प्रयोग गरिन्छ भन्ने बारे जानकारी प्राप्त गर्नुका साथै कुकुरसम्बन्धी जिज्ञासालाई लिएर प्रहरी निरीक्षक डा. चेतनारायण ज्ञवालीसँग अन्तरक्रिया गरे । यसैगरी कक्षा १० का छात्रछात्राहरूले नेपाली भाषाअन्तर्गत रहेर आफ्ना अभिभावकको जीवनवृत्त रचना गरी प्रस्तुतीकरण गरे।

सङ्कलक : आर्यप्रसिद्ध नेपाल र टेकराज आचार्य


Date : 2023-08-23