KAVYA SCHOOL | काव्य स्कुल

शुक्रबारे गतिविधि

१९ श्रावण २०८०
प्रत्यक्ष अवलोकन भ्रमण गर्दा होस् वा प्रयोगात्मक विधिबाट सिक्दा प्राप्त हुने ज्ञान चिरस्थायी हुन्छ । शुक्रबार काठमाडौँ महानगरभित्र ‘नो बुक डे’ मनाइन्छ ।  यस दिनमा विद्यार्थीहरूले विद्यालयमा गएर व्यावहारिक तथा जीवनोपयोगी सिप आर्जन गर्छन् । हाम्रो काव्य स्कुलले दशकौं अघिदेखि आफ्ना विद्यार्थीहरूलाई व्यावहारिक तथा जीवनोपयोगी सिप सिकाउँदै आएको छ । यसै कार्यकलापअन्तर्गत विद्यार्थीको रुचिलाई बुझेर खेल खेलाउनेदेखि लिएर  बौद्धिक क्षमता अभिबृद्धि गर्ने विविध शैक्षिक तथा शैक्षणिक कार्यहरू भए । विद्यार्थीहरूले अतिरिक्त कार्यकलापअन्तर्गतका क्लबहरूमा आबद्ध भएर विभिन्न सैद्धान्तिक तथा व्यावहा्िरक ज्ञान आर्जन गरे ।
यसै अन्र्तगत कक्षा ८ का नानीबाबुहरूले विद्यालयको प्राङ्गणमा फुलबारी र करेसाबारीको निर्माण, प्रयोग र व्यवस्थापनका  बारेमा प्रयोगात्मक ज्ञान आर्जन गरे ।
यसैगरी कक्षा ९का छात्रछात्राहरूले आधुनिक कृषिमा च्याउ खेतीको महत्त्व  विधि र प्रक्रियाका  बारेमा सिक्ने अवसर पाए । कक्षा कोठाभन्दा बाहिर निस्किएर सिक्न पाउँदा ज्ञानका साथै मनोरञ्जन पनि प्राप्त भएको कुरा विद्यार्थीहरूको सक्रिय सहभागिताबाट बुझ्न सकिन्छ ।यसरी गरिने शुक्रबारे गतिविधि विशेषतः निश्चित विषयमा मात्र केन्द्रित नभई अन्तर्विैषय केन्द्रित हुने भएकाले विद्यार्थी र शिक्षक पूर्ण रूपमा सन्तुष्ट हुने वातावरण पनि बन्छ । सिकाइ उपलब्धि मापन र मूल्याङ्कनमा यस्ता गतिविधिले सहयोग पनि पुर्‍याउँछ । व्यावहारिक र जीवनोपयोगी सिपको आर्जन हुने भएकाले यस्ता कार्यकलाप विद्यार्थी जीवनका लागि अत्यन्तै उपयोगी सावित हुन्छ ।


Date : 2023-08-08